दशैं लागेसँगै शेयर बजारमा गिरावट – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

दशैं लागेसँगै शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। दशैं अगाडि सेयर बजार खुल्ने दिन अब एक दिन मात्र बाँकी छ।

मंगलबार दशैं खर्च गर्न नाफा बुक गर्ने प्रबृत्तिका कारण शेयर बजारमा गिरावट आएको हो।

यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार परिसूचक नेप्से मंगलबार भने २७.३९ अंक (१.०१ प्रतिशत) ले गिरावट भएर २६६३.३२ को बिन्दुमा बन्दुमा झरेको छ।

बजार परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार ७ अर्बको कारोबार भएको बजारमा मंगलबार कारोबार घटेर साढे ४ अर्बमा झरेको छ।

४५ हजार ८७० वटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारको कारोबार भएको छ ।

मंगलबार म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक २.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.९३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.३६ प्रतिशतले गिरावट भएको छ ।

मंगलबार एनएलजी इन्स्योरेन्सको २७ करोड १८ लाखको कारोबार भएको छ भने नेपाल फाइनान्सको २३ करोड ९७ लाखको सेयर किनबेच हुँदा हिमालयन रि–इन्स्योरेन्सको १३ करोड ७७ लाखको कारोबार भएको छ।

मंगलबार नेप्सेमा कुल २४४ सूचीकृत धितोपत्रको किनबेच हुँदा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। ३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ।

मंगलबार कारोबार भएकामध्ये मिड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ। त्यस्तै बुटवल पावर कम्पनीको ६.८३ प्रतिशत, मान्डु हाइड्रोपावरको ६.३१ प्रतिशतले शेयर मूल्य बढेको हो ।

यता इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.५० प्रतिशतले गिरावट हुँदा बुद्धभूमि हाइड्रोपावरको ७.२४ प्रतिशत, नेपाल फाइनान्सको ६.९८ प्रतिशत, बोटलर्स नेपाल तराईको ५.८८ प्रतिशत र कालिञ्चोक दर्शनको सेयर मूल्य ५.५ प्रतिशतले गिरावट भएको हो ।

सम्बन्धित समाचार

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०८१ आश्विन २२, १७: ४५

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन २२, १७: ४५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन २२, १७: ४५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...