नेता महरको प्रश्नः जनता दुःखमा पर्दा राज्यले किन जिम्मेवारी बहन गर्न सकेन? – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेता महरको प्रश्नः जनता दुःखमा पर्दा राज्यले किन जिम्मेवारी बहन गर्न सकेन?

काठमाडौं। कांग्रेस नेता नैनसिंह महरले जनतालाई दुख परेका वेला अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने राज्यको दायित्व भएपनि आज राज्य यस्तो जिम्मेवारी बहन गर्न किन सकिरहेको छैन? भनी प्रश्न गरेका छन्।

नेपाली कांग्रेसका भ्रातृ संगठनका पदाधिकारी र सदस्यहरुसंग नयाँ वानेश्वरमा शुभकामना आदानप्रदान कार्यक्रममा नेता महरले भीषण वर्षा, बाढी र पहिरोले संयौं जनताले ज्यान गुमाएको र अर्बौंको क्षति हुँदा प्रभावित जनताको गाँस, बाँस र कपास चाडपर्वको मुख मैं खोसिएर बिचल्ली भएको बताए।

उनले यस्तो संवेदनशील बेलामा सरकारको कमजोर उपस्तिथि देखिएको र विपत्तिले गर्दा शिक्षा, स्वास्थ्य भित्र समेत अप्ठ्यारो स्थिति सृजना भएकोले मार्कामा परेका जनताको अभिभावकीय जिम्मेवारी बहनमा सरकारले विशेष ध्यानदिनु पर्नेमा जोड दिए।

‘केही समयपछि विद्यालय, महाविद्यालय र विश्वविद्यालयले पढाई सुचारु गर्नुपर्ला? के त्यसको निम्ति हाम्रो सरकारले समय भित्रै पुर्ननिर्माण गर्न सक्छ? कुनै पहल लिएको छ?’, नेता महरको प्रश्न थियो।

एक अर्को प्रसंगमा महराले भने ‘बाटोघाटो अवरुद्द भएका बेला जनतालाई विपत्ति परेका बेला हवाईभाडा छिमिकी मुलुक भारत पुग्न १२ हजार भन्दा कम (सस्तो) हुने तर आफ्नै मुलुकभित्र यात्रा गर्दा जहाजको भाडा १७ हजार पुर्याउदा सरकार निरीह भएर बस्नु बिडम्बना सिवाय के हुन् सक्छ?’

उनले चाडपर्वको समयमा आमनागरिक महंगी, कालोबजारी, कृतिम अभाव, र ठगीजस्ता कुकृत्यले सास्ती भोग्नु पर्ने स्तिथि आउन नदिन सरकारले आवश्यक रणनीति अक्तियार गर्नु पर्ने सुझाव दिए।

नेता महराले भ्रातृ संस्थाहरुको चैत भित्रै अधिवेशन गराउन आफूले निरन्तर पहल गर्ने जनाउँदै तोकएको समय चैत महिनाभित्र लोकतान्त्रिक पद्धति (चुनाव) बाटै महाअधिवेशन सम्पन्न गर्न पार्टीका मुख्य पदाधिकारीहरु र निर्देशक समितिले यथासिघ्र पहल लिनुपर्ने बताए।

 

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन २२, १८: ३४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन २२, १८: ३४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन २२, १८: ३४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...