गौशाला धर्मशाला खाली गर्न महानगर प्रहरी जाँदा मारवाडीको विरोध – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

गौशाला धर्मशाला खाली गर्न महानगर प्रहरी जाँदा मारवाडीको विरोध

काठमाडौं। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशालास्थित ‘गौशाला धर्मशाला’ खाली गराउन काठमाडौं महानगरपालिका टोली पुगेको छ।

महानगरको वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुग्दा मारवाडी सेवा समितिका सदस्यहरुले भने विरोध प्रदर्शन गरेका छन्।

महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालअनुसार बुधबार १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ भएको थियो।

लगत्तै वडाध्यक्ष सहितको टोली पुगेपछि मारवाडी सेवा समितिका सदस्यहरुले विरोध गरेका हुन्।

प्रहरी उपरीक्षक अर्यालले सम्झौता भइसकेकाले खाली गौशाला धर्मशाला गरेर महानगरले सञ्चालन गर्ने बताए।

महानगर र पशुपति क्षेत्र विकास कोषबीच गौशाला धर्मशाला सञ्चालन गर्न मंगलबार साँझ मात्र सम्झौता भएको थियो।

गत असोज २० गते पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिको वैठकले गौशाला व्यवस्थापन गर्न महानगरलाई प्रस्ताव गरेको थियो।

मंगलबार बिहान नगर कार्यपालिकाले कोषको प्रस्ताव स्वीकार गर्दै सम्झौता गर्न अनुमति दियो। साँझ नै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले गौशाला सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार कोषको स्वामित्वमा रहेको धर्मशालाको घरजग्गामा महानगरले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।

गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास, निःशुल्क शौचालयसहितको सेवा सञ्चालन गरिने छन् । यसका लागि पशुपति रहेको वडा नम्बर ८ का अध्यक्ष आशमान संगतको संयोजकत्वमा व्यवस्थापन समिति गठन भएको छ ।

समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख, कोषले तोकेको प्रतिनिधि २ जना र महानगरका प्रमुखले तोकेका १ जना प्रतिनिधि सदस्य रहन्छन् ।

मारवाडी सेवा समितिले भने २१ वर्षदेखि गौशालाको यो धर्मशाला उपभोग गर्दै आएको थियो। तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष)ले २०६० मा ९ रोपनी जग्गा वार्षिक ५१ हजार रुपैयाँ लिने गरी धार्मिक प्रयोजनका लागि सेवा समितिलाई उपलब्ध गराएको थियो।

तर मारवाडी सेवा समितिले धर्मशालामा तला थपेर १९ वटा सटर भाडामा लगायो भने होटल, लज, रेस्टुरेन्ट र डायलासिस सेन्टर समेत सञ्चालन गरिरहेको छ ।

मारवाडी सेवा समितिका अधिकारीहरुले मुद्दाको अन्तिम किनारा नलगेको भन्दै विरोध गरेका हुन्।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन २३, १५: १५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन २३, १५: १५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन २३, १५: १५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...