
काठमाडौँ। महाराष्ट्रका एनसीपी (अजित पवार गुट) का नेता तथा महाराष्ट्र प्रदेश सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानलाई उच्च सुरक्षा बढाइएको छ।
समाचार एजेन्सीहरुका अनुसार घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आशंका गरिएको छ।
लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ। प्रहरीको थप टोली परिचालन गरिएको छ।
अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो। यस गिरोहले सलमानलाई पटक पटक धम्की दिदै आएको छ।
बाबा सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए। खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए।
त्यसपछि उनी बाबा सिद्धिकीको घरमा समेत पुगेको भारतीय मिडियाहरुले जनाएका छन्। सिद्दिकी हालै मात्र भारतीय काग्रेस पाटी परित्याग गरी एनसीपीमा प्रवेश गरेका थिए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...