नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं : टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टिम अमेरिकालाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

डालसस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल ९२ रनमा अविजित रहे । ५४ बल खेलेका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा ९२ रन जोडेका हुन् । यस्तै, अनिल साहले २५, गुल्सन झाले १९, कप्तान रोहित पौडेलले १८ रन जोड्दा करण केसी ६ रनमा अविजित रहे ।

अमेरिकाका लागि जसदिप सिंह र नोस्थुस केन्जिगेलले समान २-२ तथा सौरव नेत्रवल्करले १ विकेट लिए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ४, ०७: ४०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक ४, ०७: ४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ कार्तिक ४, ०७: ४०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...