एक सय दिनमा परिणाम दिन सकिदो रहेनछ– उपप्रधानमन्त्री सिंह – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एक सय दिनमा परिणाम दिन सकिदो रहेनछ– उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारमा गएको एक सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन्।

आइतबार सरकारमा गएको सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनका लागि समय लाग्ने बताएका हुन्।

‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि एक सय दिनमा मन्त्रालयले लक्ष्यअनुसार धेरै कामहरू गरिसकेको छ। तर आउनासाथ जादुको छडी कसैसँग छैन। सहर बनाउने कुरा सय दिनमा बन्दैन। जेजे समस्याहरू छन् ती सम्बोधनका लागि समय लाग्ने गर्छ’, सिंहले भने, ‘पछिल्लो छोटो समयमा धेरै कामहरू गरिसकेका छौं। तर कुनै उल्लेखनीय काम मैले जादु नै गरे भन्ने अवस्था छैन।’

सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाए। उनले धरहरा परिसरमा वेसमेन्ट पार्किङ र बगैंचा निर्माण गरी संविधान दिवसका दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको बताए।

प्राकृतिक विपत्तिमा परेका नागरिकहरुका लागि आश्रय स्थल उपलब्ध गराएको, विभिन्न जिल्लामा स्वास्थ्य भवन निर्माण गरेको, जाजरकोट र रुकुमपूर्वमा भुकम्पबाट क्षतिग्रस्त भवन तथा स्वस्थ्य भवनहरुको पुननिर्माण गरेको, भैंसेपाटीमा मन्त्री आवास निर्माण सम्पन्न गरी बसोबास सुरु गरिएको, झापाको दमकमा दमक व्यापारिक कम्प्लेक्स (भ्यू टावर) र चितवनमा सौराहा सभाहल निर्माण सम्पन्न गरेको उनले बताए।

सिंहले थापाथलीस्थिति नेपाल राष्ट्र बैंकको बैंङ्गिक कार्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको र २५ वटा पालिकहरुको प्रशासकीय भवन निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी गराए।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ४, १४: २०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ४, १४: २०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ४, १४: २०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...