डेंगी संक्रमणबाट पर्यटन व्यवसायी मिश्रको निधन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

डेंगी संक्रमणबाट पर्यटन व्यवसायी मिश्रको निधन

काठमाडौं। पर्यटन व्यवसायी वसन्त मिश्रको डेंगीको संक्रमणबाट निधन भएको छ।

आइतबार बिहान ७१ वर्षको उमेरमा उनको डेंगीको संक्रमणबाट थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको मिश्रका आफन्तले जनाएका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन्, जसले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएका छन्। टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय थिए।

मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन्।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ४, १५: ४७

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ४, १५: ४७

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक ४, १५: ४७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...