मन्त्रिपरिषद्का २३ निर्णय– जलनको निःशुल्क उपचार – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

मन्त्रिपरिषद्का २३ निर्णय– जलनको निःशुल्क उपचार

काठमाडौं। सरकारले सातवटै प्रदेशबाट जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

कात्तिक २ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्मा स्वीकृतिका निम्ति पेस गरिसकेको छ।

अब प्रदेशस्तरमा कोशीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यस्तो सेवा दिनेछन्।

त्यस्तै, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न गठित समिति पुनर्गठन गरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।

जसमा सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्र—अध्यक्ष रहनेगरी राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य, मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद् समाजशास्वी, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरू मध्येबाट सदस्यमा खम्मबहादुर खाती, पूर्वमहान्यायाधिवक्ता, डा.अर्जुनकुमार कार्की, स्टेला तामाङ रहनेछन्।

सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतका क्वारेन्टाइन कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अख्तियारी दिएको छ।

वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको हो।

विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिव २० अर्ब १२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनर्निर्माण प्रयोजनका लागि सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालबस्तुमा भन्सार महसुल छुट दिने निर्णय गरेको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनः नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।

कात्तिक १८ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौँ बैठकमा उर्जा मन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ। बैठकले २३ वटा निर्णय गरेको हो।

कुन कुन सेवा निःशुल्क?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह सचिव तथा प्रवक्ता डा.प्रकश बुढाथोकीका अनुसार जलनको प्राथमिक उपचारदेखि अंगभंग भएकाको समेत उपचार निःशुल्क गर्ने कार्यविधिमा उल्लेख छ।

यसमा इमर्जेन्सी सेवा, सामान्य जलनका बिरामीको प्राथमिक उपचार, आईसीयूबाट हुने उपचार, शल्यक्रिया, अंगभंग भएमा कृत्रिम अंग र अत्यावश्यक भागहरूमा प्लाष्टिक सर्जरीसम्मको उपचार समेटिएको छ।

नेपालको हकमा प्लाष्टिक सर्जरी र कृत्रिम अंग निकै महंगो उपचार विधि मानिन्छ। तर, आवश्यकता र औचित्य हेरेर यी सेवाहरू पनि निःशुल्क गरिने डा. बुढाथोकीले बताए।

“अनुहार वा अन्य अंगमा असर नै पर्ने गम्भीर अवस्था भए प्लाष्टिक सर्जरी पनि निःशुल्क हुन्छ, तर राम्रो देखिनकै लागि गरिने कस्मेटिक सर्जरी चाहिँ निःशुल्क हुँदैन,” उनले भने।

जटिल प्रकारको जलनको शल्यक्रिया तथा जीवनयापनसम्मको उपचार पद्धति निःशुल्क हुने कार्यविधिमा उल्लेख छ। त्समा अंगभंग भएमा कृत्रिम अंग जोड्ने पनि समेटिएको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ४, १७: २७

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ४, १७: २७

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ४, १७: २७

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...