भारतमा विमानमा बमको धम्कीबाट दुई सय करोडभन्दा बढीको नोक्सानी ! – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

भारतमा विमानमा बमको धम्कीबाट दुई सय करोडभन्दा बढीको नोक्सानी !

नयाँ दिल्ली। भारतमा यात्रुवाहक विमानमा बम राखिएको धम्की आउने क्रमले विमान सेवा प्रदायक कम्पनीहरुले करोडौं आर्थिक नोक्सानी बेहोरिरहेका छन्।

आइतबार २५ भन्दा बढी उडानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको भरातीय मिडियाहरुले उल्लेख गरेका छन्।

समाचार एजेन्सी पीटीआईअनुसार आइतबार इन्डिगो, विस्तारा र एयर इन्डियाका ६–६ विमानलाई बमको धम्कीपछि अवतरण गराइएको थियो।

त्यसअघि शनिबार मात्र ३० भन्दा बढी विमानलाई धम्की आएको थियो। जसका कारण सयौं यात्रु घण्टौं सास्तीमा परेका थिए।

पछिल्लो एक हप्तामा ९० भन्दा बढी विमानमा बमको धम्की आएको छ। यी सबै झुटा साबित भएका छन्। यी धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँ भारुसम्मको नोक्सान भइसकेको छ।

गृह मन्त्रालयले यस सम्बन्धमा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन सुरक्षा ब्यूरोसँग विस्तृत प्रतिवेदन मागेको बताइएको छ।

त्यस्तै, केन्द्र सरकारले नागरिक उडड्यन प्रमुखलाई पदबाट हटाएको छ। यद्यपी प्राधिकरणले भारतको आकाश पूर्ण रुपमा सुरक्षित रहेको बताएको छ।

शनिबार पनि ३० भन्दा बढी विमानमा बमको धम्की आए पनि सबैको विवरण भने खुलाइएको छैन।

जहाजमा बम रहेको सूचना पाएपछि उडानलाई निर्धारित विमानस्थलको सट्टा नजिकैको विमानस्थलमा अवतरण गराइएको थियो।

यसबाट इन्धन बढी खपत हुने मात्र होइन, विमानको रि–चेकिङ, यात्रुलाई होटलमा राख्ने र गन्तव्यमा पुर्याउने व्यवस्था मिलाउनुपर्ने भएपछि खर्च बढेको छ।

यो साता विस्तारा, एयर इन्डिया, इन्डिगो, अकासा, स्पाइस जेट, स्टार एयर र एलायन्स एयरका ७० भन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई धम्की आएको छ।

धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँसम्मको नोक्सान भइसकेको छ।

शुक्रबार अबेर राति एयर इन्डिया एक्सप्रेस र विस्तारा एयरलाइन्सको एक–एक उडानमा बमको धम्की दिइएको थियो। त्यसमध्ये दिल्लीबाट लन्डन जाने विस्ताराको फ्लाइटलाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको थियो।

त्यस्तै १८९ यात्रु लिएर दुबईबाट जयपुर आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडानलाई जयपुरमा आपतकालीन अवतरण गरिएको थियो। अनुसन्धानका क्रममा दुवै विमानमा शंकास्पद केही भेटिएन।

विमानमा बम राखेको झुटो समाचार फैलाएको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी एक नाबालिगलाई हिरासतमा लिएको छ। उनले १४ अक्टोबरमा इन्डिगोको विमानमा बम राख्ने धम्की दिएका थिए।

लगातारको धम्कीका बीच दिल्ली प्रहरीले ६ वटा एफआईआर दर्ता गरेको छ। अर्कोतर्फ सरकारले विमानमा बम रहेको भनी झुटो दाबी गर्ने १० सामाजिक सञ्जाल अकाउन्ट ब्लक गरेको छ।

उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीलाई धम्कीपूर्ण सन्देश पठाएको सम्बन्धमा संसदीय समितिलाई जवाफ दिएको थियो। आरोपितहरुको पहिचान भई कारबाही भइरहेको मन्त्रालयले जनाएको छ।

यस्ता धेरै घटनामा थप जानकारी सङ्कलन र कारबाही भइरहेको पनि बताए।

मिडिया रिपोर्टका अनुसार, सबै साइबर एकाइहरूलाई धम्कीपूर्ण सोशल मिडिया खाताहरू ट्र्याक गर्न निर्देशन दिइएको छ। तीमध्ये धेरैजसो खाताहरू भारत बाहिरबाट सञ्चालन भइरहेका बताइएको छ।

सम्बन्धित समाचार

ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
  • २०८१ कार्तिक ५, १२: ५५

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...

देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
  • २०८१ कार्तिक ५, १२: ५५

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...

साउन १५ मा खीर खाने परम्परा : संस्कृति, स्वास्थ्य र धार्मिक विश्वासको संगम
साउन १५ मा खीर खाने परम्परा : संस्कृति, स्वास्थ्य र धार्मिक विश्वासको संगम
  • २०८१ कार्तिक ५, १२: ५५

काठमाडौं । आज साउन १५ गते देशभर खीर खाएर पर्व मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दहीचिउरा र साउन...