
पोखरा। सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई रुपन्देही लगिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार रुपन्देही पठाएको स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई पोखराबाट भैरहवाको उडानमार्फत रुपन्देही लगिएको हो। त्यहाँपनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ।
असोज ६ गते पक्राउ परेका जोशी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन्।
जोशीको बयान पूरा भएपनि रूपन्देहीबाट कात्तिक ७ गतेमात्र पोखरा फर्काइने प्रहरीले जनाएको छ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...