कांग्रेस उपसभापति धनराजकी पूर्वपत्नीसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गरिने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कांग्रेस उपसभापति धनराजकी पूर्वपत्नीसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गरिने

काठमाडौं। ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको करोडौं रकम अपचलनको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न लागिएको हो।

सीआईबीले त्यसका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको सीआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेखेको छ।

सीआईबीले मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ। यसमा सहकारीले पाँच जनाविरूद्ध जाहेरी दिएको छ।

कांग्रेस उपसभापति धनराज गुरूङले पूर्वपत्नी ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको बताउँदै आएका छन्। तर, उनले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ६, १५: ३४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ६, १५: ३४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ६, १५: ३४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...