
काठमाडौं। निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित भएर अस्वीकृत भएका कृष्णमान प्रधानले संसदीय सुनुवाई समितिमा उजुरी दिने एक महिलाविरुद्ध मुद्दा दायर गरेका छन्।
अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै प्रधानले एक महिलाविरुद्ध मुद्दा दायर गरेका हुन्।
तिनै महिलाकै उजुरी आधारमा आयोगको आयुक्तमा प्रस्तावित प्रधान अस्वीकृत भएका थिए।
प्रधान नेपाल कानुन आयोगको कार्यकारी निर्देशक हुँदा आफूलाई कार्यालयमा इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै ती महिलाले संसदीय सुनुवाई समितिमा उजुरी दिएकी थिइन्।
प्रधानले आफूविरुद्ध उजुरी गरेकी ती महिलाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन्।
प्रधानले प्रतिवादीसँग १० करोड रुपियाँ क्षतिपूर्ति र मुद्दाका क्रममा लाग्ने खर्च पाँच लाख रुपियाँसमेत गरी १० करोड ५ लाख रुपैयाँ भराउने आदेशको माग समेत गरेका छन्।
द्विपक्षीय सहमतिमा टुङ्गिएको र मिलापत्रको सहमतिविपरीत उजुरी गरेको भन्दै प्रधानले मुद्दा दर्ता गरेका हुन्। सुनुवाइ समितिमा अस्वीकृत भएको दुई महिनापछि प्रधानले जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...