दोषी भए धनराजलाई समेत सहकारी प्रकरणमा कारबाही होस्ः महामन्त्री थापा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

दोषी भए धनराजलाई समेत सहकारी प्रकरणमा कारबाही होस्ः महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले दोषी देखिए आफ्नै पार्टीका उपसभापति तथा प्रतिनिधि सभा सदस्य धनराज गुरुङलाई समेत कारबाही गर्न सरकारसँग माग गरे।

‘कांग्रेसको एकजना नेता, उपसभापति धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ। म सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ’, महामन्त्री थापाले भने।

उनले नेकपा एमालेका नेता ऋषिकेश पोखरेलमागि समेत अनुसन्धान गर्न आग्रह गरे।

‘ऋषि पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान। अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती भए अभियोजन गर्नुस्, दण्ड गर्नुस्,’ थापाले भने, ‘यो देशमा के स्थापित गर्नुपर्यो भने कोही मानिस, जुनसुकै दल कांग्रेस, एमाले, रास्वपा, राप्रपा, ठूलो वा सानो, शक्तिशाली, पाँचपटक प्रधानमन्त्री बनेको मान्छे वा अहिले भइरहेको प्रधानमन्त्री होस् जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन।’

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ कार्तिक १२, १६: ०१

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८१ कार्तिक १२, १६: ०१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ कार्तिक १२, १६: ०१

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...