नुवाकोट रंगशालाले अब पूर्णता पाउँछ : सदस्य सचिव लामा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नुवाकोट रंगशालाले अब पूर्णता पाउँछ : सदस्य सचिव लामा

नुवाकोट : बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले नुवाकोट रंगशालाले अब पूर्णता पाउने दाबी गरेका छन् ।

सदस्य सचिव लामाले बिदुर नगरपालिका वडा नम्बर ५ को तल्लो पिपलटारमा निर्माणाधीन नुवाकोट रंगशालाले पूर्णता पाउने गरी काम अघि बढाइने बताएका हुन् ।

सोमबार प्रदेश सरकारको लगानीमा निर्माणाधीन रंगशालाकाे अवलाेकनका क्रममा सदस्य सचिव लामाले नुवाकोट रंगशाला निर्माणले नुवाकोटलाई खेल पर्यटन प्रवर्द्धनको उपयुक्त गन्तव्यका रुपमा विकास गर्न सकिने बताउँदै यसलाई पूर्णता दिन आवश्यक कार्य गरिने बताए ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार कूल २६ कराेडकाे लागतमा निर्माण सम्पन्न हुने नुवाकोट रंगशालामा १३ कराेड बराबरकाे काम भइसकेकाे छ । रंगशाला निर्माण सम्पन्न भएपछि राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सकिने बताउँदै सदस्य सचिव लामाले रंगशालालाई मुलुककै प्रमुख रंगशालाकाे रुपमा विकसित गर्ने सोच रहेको बताए ।

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक १९, १३: ४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ कार्तिक १९, १३: ४५

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८१ कार्तिक १९, १३: ४५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...