
काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यानबीचको खेल बर्षको कारण रद्द भएको छ।
अमेरिकाकाे ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा एक विकेट गुमाउँदै २६ रन बनाएपछि आधिहुरीको चेतावनी र बर्षाको कारण खेल रद्द भएको हो।
निर्धारित समय भन्दा झन्डै सवा घण्टापछि खेल ७–७ ओभर घटाएर पुन: ४३ ओभरबाट सुरु भएको थियो। यतिबेला नेपालका लागि ओपनर अनिलकुमार शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए भने अशिफ शेख १४ बलमा ९ रन बनाएर क्रिजमा थिए। कुशल भुर्तेल तीन बलमा कुनै पनि रन नजोडी क्रिजमा थिए।
यो नतिजासँगै दुबै टोलीले एक एक अंक बाँडेका छन्। यस सिरिजमा नेपालले चार खेलमा तीन अंक जोडेको छ। घरेलु टोली अमेरिकासँगै दुबै खेल गुमाएको नेपालले स्कटल्यान्डविरुद्ध भने तीन अंक लिन सफल भयो।
लिग–२ मा १२ खेलबाट ६ अंक रहेको नेपाल पूछारबाट दोस्रो स्थानमा छ। यता, १४ अंकसहित स्कटल्यान्ड तेस्रो तथा १२ खेलबाट १६ अंक रहेको अमेरिका र क्यानडा १६ अंकसहित क्रमश पहिलो र दोस्रो स्थानमा छन्।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...