
मलंगवा। सर्लाहीको बयलबासबाट महोत्तरी जिल्लाको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा बेपत्ता चालकसहित २ जनाको ज्यान गएको छ।
कारमा रहेका एकजना भने पौडिएर बाँच्न सफल भएका छन्। आज बिहान ईश्वरपुर नगरपालिका–२ मियाँखोरको सरस्वती माध्यामिक विद्यालयको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो।
कार पोखरीमा डुब्दा बेपत्ता भएका कार चालक गौशाला नगरपालिका–१० सुरेश महतो र महोत्तरीको सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको ज्यान गएको छ।
सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव निकालेका हुन्। महोत्तरीको गौशाला नगरपालिका–२ का जनक यादव भने पौडिएर निस्किएका थिए।
पानीमा डुबेको कार पनि फेला परेकोले निकाल्ने प्रयास भइरहेको बर्दिबासको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गएको गोताखोरको टोलीले जनाएको छ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...