रबीलाई जिल्ला अदालत कास्कीले म्याद नथपे रुपन्देही लग्ने तयारीमा प्रहरी – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

रबीलाई जिल्ला अदालत कास्कीले म्याद नथपे रुपन्देही लग्ने तयारीमा प्रहरी

काठमाडौं। सहकारीे रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबी लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज तेस्रो पटक म्याद थपका लागि लगिएको छ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रबीलाई कास्की अदालतबाट म्याद थप भएमा छठपछि बयानको लागि रुपन्देही ल्याउने तर म्याद नथपिएमा रुपन्देहीबाट यसअघि भएको पक्राउ पुर्जाको आधारमा पक्राउ गरी रुपन्देही ल्याउने योजना प्रहरीले बनाएको छ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) रञ्जित सिंह राठौरले कास्की अदालतले दिने आदेशको आधारमा छठपछि ल्याउने कि आज भोलि ल्याउनेमा भरपर्ने बताए।

लामिछानेलाई कास्की अदालतले थुनामुक्त गरे पनि पुनः रुपन्देही प्रहरीले पक्राउ गर्ने देखिएको छ। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ। उक्त रकम अपलचनमा उनलाई सङ्गठित ठगीको आरोप लागेको छ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ कार्तिक २०, १४: ३२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८१ कार्तिक २०, १४: ३२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ कार्तिक २०, १४: ३२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...