
काठमाडौं। नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ।
माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगर समितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ।
यस्तै, नेकपा एमालेले डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेसले भने अझै निर्णय गरिसकेको छैन।
कीर्तिपुर नगरपालिकाका नगर प्रमुख (मेयर) राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो। नकर्मी नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचिभत भएका थिए। ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...