
काठमाडौं। इन्टरपोलबाट ‘रेड कर्नर नोटिस’ जारी भएर मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित पक्राउ परेका छन्।
मानव बेचबिखनको मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका दिलीप राउत कुवेतबाट पक्राउ परेका हुन्। राउतलाई एनसिबि कुवेतको समन्वयमा पक्राउ गरी मंगलबार नेपाल फिर्ता ल्याइएको हो।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका राउतलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न मानव बेचबिखन ब्यूरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ‘रेड कर्नर नोटिस’ जारी भएको थियो।
इन्टरपोल कुवेतको समन्वयमा उनलाई प्रहरीले कुवेतमा पक्राउ गरेको थियो। पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...