
काभ्रे – सात महिनाअघि काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–५, नागबेलीस्थित ठकुरानी तामाङको बारीमा रहेको बोधिचित्तको रुख कटान गर्ने मुख्य योजनाकार र घटनामा संलग्न अर्का एक व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन् ।
काभ्रे अदालतले सोमबार थुनछेक बहसका क्रममा गत चैत ३० गते राति रोसी गाउँपालिका–५, नागबेलीस्थित तामाङको घरबारीमा रहेको बोधिचित्तको रुख कटान गर्ने मुख्य योजनाकार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता रोसी गाउँपालिका–६ का ४१ वर्षीय रामकृष्ण मैनाली (सागर) र रोसी गाउँपालिका–६ का २७ वर्षीय विजय हुमागाईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
मैनाली र हुमागाईंलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले शुक्रबार राति सूर्यविनायक नगरपालिका–८, जगातीबाट पक्राउ गरेको थियो । गत चैत ३० गते राती करिब १ बजेको समयमा १५/२० जनाको हतियारधारी समूहले तामाङको घरमा चार थान सकेट बम राखी बारीमा रहेको बोधिचित्तको रुख काटेको थियो ।
बोधिचित्तको रुख कटानका मुख्य योजनाकार रामकृष्ण मैनाली (सागर), कवीन्द्र तामाङ, विजय हुमागाईं, असल मोक्तान, अजय भन्ने रामजी श्रेष्ठ, चिनियाँ व्यापारी याङ कैलिङ फरार थिए ।
रुख कटानमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले चैत ३० गते मानबहादुर तामाङलाई काठमाडाैंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको जिम्मा लगाएको थियो ।
घटनामा संलग्न मानबहादुरसहित अन्य व्यक्तिलाई अपराधिक उपद्रव र विस्फोटक पदार्थ तथा सङ्गठित अपराधमा मुद्दा चलाइएको थियो । उक्त मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले बोधिचित्तको रुख कटानमा संलग्न रहेको आरोपमा मानबहादुरलाई गत जेठ २८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यस्तै बोधिचितको रुख कटानको आरोपमा पक्राउ परेका धीरज भन्ने श्यामकृष्ण मैनाली, प्रभात भन्ने दुर्गाबहादुर तामाङको हकमा जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकले मुद्दा नचलाउने निर्णय गरी उच्च अदालत पाटन पठाइएको थियो ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...