
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गर्न कांग्रेस–एमालेले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई जिम्मेवारी दिएको छ।
दुई दलको सरकार सञ्चालन संयन्त्रले आउँदो मंसिर १७ देखि २१ गतेसम्म हुने ओलीको चीन भ्रमणका लागि तयारी अघि बढाउन राणालाई जिम्मेवारी दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझावअनुसार परराष्ट्रमन्त्री डा. राणाले भ्रमणको तयारी गर्ने कांग्रेस पार्टी कार्यालयका सचिव केशवराज जोशीले जनाए।
सचिव जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने। दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने।’
गत असार अन्तिम साता प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण चीनबाट सुरु हुन लागेको हो ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...