
काठमाडौं। सञ्जीव खन्ना भारतका ५१औं प्रधानन्यायाधीश बनेका छन्। न्यायाधीश सञ्जीव खन्नाले सोमबार बिहान राष्ट्रपति भवनमा भारतको ५१औं प्रधानन्यायाधीशको सपथ लिएका छन्।
राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानन्यायाधीश खन्नालाई सपथ ग्रहण गराएकी हुन्। सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए।
आइतबार न्यायाधीश डीवाई चन्द्रचूडले भारतको ५०औं प्रधानन्यायाधीशको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए। उनी दुई वर्षभन्दा बढी समय यस पदमा थिए।
न्यायाधीश सञ्जीव खन्ना २४ अक्टोबरमा भारतको प्रधानन्यायाधीश नियुक्त भएका थिए। उनले १९८३ मा आफ्नो करियर सुरु गरेका थिए।
सर्वोच्च अदालत अघि उनले दिल्लीको तीस हजारी जिल्ला अदालत, दिल्ली उच्च अदालतलगायत धेरै अदालतमा अभ्यास गरेका थिए।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...