
काठमाडौं। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले विश्वविख्यात व्यवसायी एलन मस्क र राजनीतिज्ञ विवेक रामास्वामीलाई ‘सरकारी दक्षता विभाग’को प्रमुख बनाउने घोषणा गरेका छन्।
टेस्लाका प्रमुख मस्कले चुनावमा ट्रम्पलाई जिताउन ठुलो रकम खर्च गरेका थिए। उनी चुनावमा ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका सबैभन्दा हाइप्रोफाइल व्यवसायी हुन्।
त्यस्तै विवेक रामाश्वामी राष्ट्रपति निर्वाचनमा ट्रम्पसँगै उम्मेदवार रहेका थिए। पछि उम्मेदवारी फिर्ता लिदै ट्रम्पलाई समर्थन गरेका थिए।
अब मस्क र रामाश्वामीले अमेरिकी सरकारको नयाँ मन्त्रालय ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ को नेतृत्व गर्ने भएका छन्।
यस बिभागले अमेरिकी कर्मचारीतन्त्रको पुनर्संरचना, अनावश्यक खर्च भएका क्षेत्रको पहिचान गर्ने र त्यसलाई घटाउने, संघीय एजेन्सीहरुको पुनर्संरचना गर्ने लगायतका काम गर्ने ट्रम्पले जानकारी दिएका छन्।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...