
काठमाडौं। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले विश्वविख्यात व्यवसायी एलन मस्क र राजनीतिज्ञ विवेक रामास्वामीलाई ‘सरकारी दक्षता विभाग’को प्रमुख बनाउने घोषणा गरेका छन्।
टेस्लाका प्रमुख मस्कले चुनावमा ट्रम्पलाई जिताउन ठुलो रकम खर्च गरेका थिए। उनी चुनावमा ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका सबैभन्दा हाइप्रोफाइल व्यवसायी हुन्।
त्यस्तै विवेक रामाश्वामी राष्ट्रपति निर्वाचनमा ट्रम्पसँगै उम्मेदवार रहेका थिए। पछि उम्मेदवारी फिर्ता लिदै ट्रम्पलाई समर्थन गरेका थिए।
अब मस्क र रामाश्वामीले अमेरिकी सरकारको नयाँ मन्त्रालय ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ को नेतृत्व गर्ने भएका छन्।
यस बिभागले अमेरिकी कर्मचारीतन्त्रको पुनर्संरचना, अनावश्यक खर्च भएका क्षेत्रको पहिचान गर्ने र त्यसलाई घटाउने, संघीय एजेन्सीहरुको पुनर्संरचना गर्ने लगायतका काम गर्ने ट्रम्पले जानकारी दिएका छन्।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...