
काठमाडौं : काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) पनि दुई खेल हुँदै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने आजको पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।
सुदूरपश्चिमले एनपीएल यात्रा सुरु गर्न लागेको हो भने पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित विराटनगर भने पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ।
यस्तै दिउँसो १ बजे सुरु हुने आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्।
पोखराले एनपीएलमा पहिलो खेल खेल्न लागेको हो भने चितवन लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिन लागेको हो।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...