
नयाँ विकल्प,
काठमाडौं- पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार राजन भट्टराईले दोहोरो चरित्र देखाएका छन् ।
सरकारले नियुक्त गरेका पशुपति विकास कोषका संचालक तथा पदाधिकारीले बनाएको गुरुयोजनामा विगतमा भट्टराईको संलग्नता रहेपनि अहिले उनी त्यसको विरुद्धमा उभिएर दोहोरो चरित्र देखाएका छन् ।
पर्यटन मन्त्री योगेश भट्टराई मातहत रहेको कोषका पदाधिकारी, कार्यकारी निर्देशक, संचालकलगायतलाई ओली नेतृत्वको मन्त्रीपरिषद र मन्त्रीले नै नियुक्त गरेका थियाे।काेषका पदाधिकारीले बनाएको गुरुयोजनामा प्रधानमन्त्रीका सल्लाहकार भट्टराईको पहिले समर्थन रहेकाे थियाे ।
स्थानीयले विरोध गरेपछि भट्टराईले दुवै तिर ठिक्क हुनेगरि दोहोरो चरित्र देखाएको स्थानीयहरूले आरोप लगाएका छन ।
भट्टराई पराजित भएको निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि गुरुयोजना निर्माणमा भट्टराईको समर्थन रहेको उनीहरुको दावी छ । गुठी विधेयकमा जस्तै साे गुरू याेजनामा स्थानीयको विरोध गरेपछि भट्टराई अहिले आफ्नै समर्थनमा नियुक्त भएका पदाधिकारीले बनाएको गुरुयोजनाको बारेमा दोहोरो अर्थ लाग्नेगरि प्रस्तुत भएका छन ।
गुरुयोजना बनाइरहेकै बेलामा अध्ययन गरेर स्थानीयका बीचमा छलफल चलाएर संशोधन गराउन सक्ने हैसियत भएका भट्टराइले अहिले विरोध गरेजस्तो गर्न नसुहाउने स्थानीयको भनाई छ ।
सामाजिक संजालमा भट्टराईको चर्को विरोध भइरहेको छ भने दोहोरो चरित्र देखाएको भन्दै आलोचना भइरहेको छ । नयाँ गुरुयोजनाले पशुपतिको मौलिकता उथलपुथल पार्ने, प्राचिनता र मौलिकता मास्न लागिएको भन्दै स्थानीयले खारेज गर्न माग गरेका छन् ।
प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले पारित गरेको गुरुयोजना सरकारमै रहेका भट्टराईलाई पहिलोदेखि नै जानकारी भएपनि अहिले स्थानीयले विरोध जनाएपछि मात्रै विरोधमा उत्रिए झै गरेको आरोप लगाए ।
उनले भने ‘पशुपतिनाथको गुरुयोजनाका बारेमा स्थानीयबासिन्दा आक्रोसित भएपछि उहाँले नाटक गर्नुभएको हो, उहाँको नाटक बुझ्नै नसकिने भयो । भट्टराईजीहरु आफै बोक्सी आफै धामी हुनुभो ।’ ‘पशुपति क्षेत्र विकास कोषले अनुमोदन गरेर क्याबिनेटमा पठाएको थियो । यसमा डिपीआर पनि छैन ।
आवश्यक पर्ने पूर्वाधार पनि छैन । यो गुरुयोजना नै हैन । क्याबिनेटमै पठाएका बेलामा संसदीय समितिमा उजुरी परेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राष्ट्रिय हित र स्थानियको भावना समेटेर गुरुयोजना बनाउन निर्देशन गरेको छ’ बैद्यले भने ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि राष्ट्रिय हित हुने गरी सरोकारवालाको सुझाव राखेर अगाडि बढ्नु भनेको उनले जानकारी दिए । सांसद बैद्यले पशुपतिको गेट सार्ने, ब्रम्हनाल सार्ने, एक नम्बर र दुई नम्बर चिता सार्ने जस्ता योजना आपत्तिजनक रहेको पनि बताए ।
पशुपतिनाथ मन्दीर रहेको काठमाडौ क्षेत्र नं. ४ बाट समानुपातिक सांसद भएका दिव्यमणि राजभण्डारीले गुरुयोजनाको नाममाा स्थानीय नेवार समुदायलाई विस्थापित गरेर पशुपतिमाथि अतिक्रमण गर्ने प्रयास भएको दावी गरे ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले गुरुयोजनालाई सरोकारवाला र स्थानीयबासीहरुसँग छलफल गरेर मात्रै अगाडी बढाउन निर्देशन दिएको थियो । तर कोषका पदाधिकारी र सरकारी अन्य अधिकारीहरुले वेवास्ता गरेपछि स्थानीय बासिन्दा रुष्ट भएका हुन् ।
पशुपति वरिपरिको बस्तीलाई व्यवस्थित बनाउनभन्दै कोषले ल्याएको प्रस्ताव लागु भएमा आफूहरु त्यहाँबाट हट्नुपर्ने भएपछि उनीहरुले विरोध गरेको कोषका पदाधिकारीहरुको दावी छ ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...