
काठमाडौं : नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक घोषणा गरेका हुन् ।
चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् भने छायांकन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन् ।
सिनेमा २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । हालसम्म दयाहाङ र विजय मात्र फाइनल भएका छन् भने दयाहाङको अपोजिटमा रहने नायिकाको नाम भने निर्माणपक्षले खुलाएको छैन । अन्य कलाकारको चयन तथा प्राविधिक टोलीबारे निर्माण पक्षले क्रमशः जानकारी दिने बताएको छ ।
केही दिनमै सार्वजनिक गरिने टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ । फिल्मको छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ ।
‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मलाई लिएर दर्शकमाझ उच्च अपेक्षा रहेको छ भने सामाजिक कथावस्तुले दर्शकलाई सन्देशमूलक मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...