प्रधानमन्त्रीको गृह जिल्लामा हात्ति आतंक, हात्तिको आक्रमणबाट एकको मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

प्रधानमन्त्रीको गृह जिल्लामा हात्ति आतंक, हात्तिको आक्रमणबाट एकको मृत्यु


नयाँ विकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा हात्तिको आक्रमणबाट विहीबार राति एक पुरुषको मृत्यु भएको छ ।

ओलीको निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ बर्षीय रोहित रेग्मीको गए राति २ बजे हात्तिको आक्रमणबाट मृत्यु भएको हो इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काका अनुसार रतुवा माईवृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रोमा आक्रमण गरेको थियो ।

हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको द्ध । रेग्मीका श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको अवस्थामा पाइएको थियो । रेग्मीलाई हात्तिले कुल्चिएर मारेपछि स्थानीयले हात्तीलाई राति नै जङ्गलतर्फ धपाएको कमल–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले जनाएका छन् ।

भ्mापाको पूर्वोत्तर बाहुनडाँगी क्षेत्रमा जनधनको क्षति गर्दै आएको जंगली हात्ति पछिल्ला दिनमा झापाको रतुवा–माई बृक्षारोपणको जंगलबाट निस्किएर उत्तरी झापाका विभिन्न स्थानामा क्षति पुर्याउँदै आएको छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ श्रावण २३, १२: ४८

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ श्रावण २३, १२: ४८

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ श्रावण २३, १२: ४८

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...