कालो र पहेँलो दाँत यसरी चम्किन्छ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कालो र पहेँलो दाँत यसरी चम्किन्छ

नयाँ बिकल्प, एजेन्सी — सुन्दरतालाई अझै निखार ल्याउन सेतो र चम्किलो दाँतले महत्वपूर्ण भूमिका रहन्छ । अनुहार हेर्दा दाँत पहेँलो भयो भने सुन्दरतामा कमि ल्याउँछ ।

दाँत कालो, पहेँलो अथवा कमजोर भएमा बोल्न र हाँस्नमा पनि समस्या हुन्छ । दाँत सेतो र चम्किलो भएन भने लज्जाबोध महशुष हुन्छ ।

दाँत पहेँलो हुँदा कसरी सेतो र चम्किलो बनाउने चिन्ताले सताउँन सक्छ । यस्तो बेलामा घरेलु उपायहरु अपनाएर पहेँलो चम्किलो बनाउन सकिन्छ ।

१.तोरीको तेल र बिरे नुन – तोरीको तेल र बिरे नुन मिसाएर दाँतमा लगाउँदा पहेँलोपन र पायरियाको समस्या कम हुन्छ । बिरे नुनमा आइरन, आयोडिन, फस्फोरस, पोटाशियम, क्रोमियम, लिथियम, सोडियम र क्लोराइड जस्ता तत्वहरु पाइन्छन । यसले मुख ताजा राख्ने काम गर्छ ।

२.तोरीको तेल र अंगार- दाँतमा पहेँलोपन र कालोपन आएमा अंगार अनि तोरीको तेल मिसाएर दाँत माझ्ने गर्नुपर्छ । अंगारको सानो टुक्रा लिने र यसमा थोरै तोरीको तेल मिसाएर हल्का तरिकाले माझ्ने गर्दा दाँत सेतो हुँदै जान्छ ।

३.तोरीको तेल र बेसार- बेसारको धुलोमा तोरीको तेल मिसाएर दाँतमा लगाउँदा पहेँलोपन हराउँदै जान्छ । बेसारमा ब्याक्टेरिया मार्ने शक्ति हुन्छ ।

४.तोरी तेल र मनतातो पानी- तोरीको शुद्ध तेलमा केही थोपा मनतातो पानी हालेर दाँत माझ्ने गर्दा दाँतको पहेँलोपन हराउँदै जान्छ । यसको २ देखि ३ मिनेटसम्म मुख कुल्ला गर्दा गिजा, दाँतको दुखाई, पहेँलोपन र कमजोरी हराउँदै जान्छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ असार १४, १९: ४२

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १४, १९: ४२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार १४, १९: ४२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...