
नयाँ विकल्प,
काठमाडौं – कोरोनाभाइरस (कोभिड १९) को दोस्रो लहरमा संक्रमितको तिव्रगतिमा बढेपछि वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञालाई आइतबारदेखि थप खुकुलो बताएको छ । मंगलबारदेखि सार्वजनिक तथा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली पनि हट्ने भएको छ ।
आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबार (असार २२) देखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै बैठकले भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको प्रजिअ भट्टराईले जानकारी दिए ।
‘उपत्यकाको जोर बिजोर प्रणाली हटाउने, सबै किसिमका परीक्षा २५ जना नबढ्ने गरी भौतिक रुपमा दिन पाइने, सवै किसिमका पसल ६ बजेसम्म खोल्न पाइनेछ’, प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । तर, स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् ।
योसँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...