नयाँ विकल्प,
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीले अब स्वदेशमा नै इन्टर्नसिप पूरा गर्न पाउने भएका छन् ।
विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले लामो समयदेखि नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका थिए । यसपटक चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरेको हो ।
चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड –१९ का कारण इन्टर्नसीप पूरा गर्न नपाएका विद्यार्थीलाई आवेदन दिन माग गरेको हो ।
आयोगमा २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरेर बाँकी अवधि पूरा गर्नका लागि आवेदन माग हो ।
इन्टर्नसीप व्यवस्थापन समितिको २१ असारमा बसेको बैठकले आवेदन माग गर्ने निणर्य गरेको हो । आवेदन २४ असारबाट ५ साउनसम्म अनलाइनमार्फत भर्नुपर्ने हुन्छ ।

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...