
नयाँ विकल्प,
ललितपुर – नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालयको सहयोगमा २०८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।
काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा कार्यरत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको महासंघ जिल्ला शाखाका सचिव रामहरी कार्कीले बताए ।
उनले भने, “यसअघि गत असार ६ गते २२६ पत्रकारले यस खोपको पहिलो मात्रा लगाएका थिए, यीमध्येका कोही कामको सिलसिलामा उपत्यका बाहिर जानाका साथै केहीलाई कोरोनाले भेट्दा १८ पत्रकारले आज खोप लगाउन पाउनु भएन ।”
दोस्रो मात्रा लगाउन बाँकी रहेका पत्रकारलाई सूचना विभाग तथा नेपाल पत्रकार महासंघले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर महासंघको सम्पर्कमा पुनः आउन कार्कीले आग्रह गरे
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...