थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

काठमाडौं । गत २४ घण्टामा थप ४सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४७८ पुगेको मन्त्रालयको तथाकंमा उल्लेख रहेको छ ।

गत २४ घण्टामा थप २७० जना कोरोना संक्रमणमुक्त भएसंगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ जना रहेको छ । त्यस्तै सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या कुल ७ हजार ३११ जना रहेको छ जसमा ६ हजार ७७९ जना होम आइसोलेसनमा, ५३२ जना संस्थागत आइसोलेसनमा, २२५ जना आईसीयू र ६६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० वर्ष मुनिका १४ जना बालबालिकामा र ११ देखि २० वर्ष उमेर समूहका २५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्ताे छ विवरण…

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७८ कार्तिक २९, १७: १८

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

ताप्लेजुङको दोभानमा भीषण आगलागी
ताप्लेजुङको दोभानमा भीषण आगलागी
  • २०७८ कार्तिक २९, १७: १८

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७८ कार्तिक २९, १७: १८

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...