
काठमाडाैं । भनिन्छ सहरको सुन्दरता त्यहाँ निर्माण गरिएको शौचालयमा भर पर्दछ । शहरमात्र सुन्दर भएर भएन, जहाँ शौचालय हुदैन त्यहाँको सुन्दरता कुरुपतामा परिणत भएको हुन्छ । हो काठमाडौं त्यही सुन्दर सहर मध्यको एक हो ।
तर यहाँ केही ठाउँ बाहेक अधिकाँश ठाउँमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती मात्रै भोगेका छैनन्, सहरको सुन्दरतालाई समेत कुरुप बनाइदिएको छ । सरकारले औपचारिक्तामा शौचालय दिवस मनाएपनि सर्वसाधारणले भने सास्ती भोग्नु परेको गुनासो पोखे । कोटेश्वरमा सार्वजनिक शौचालय नहुँदा सास्ती भोगेको गुनासो ग्रीसमा कटेलले गरिन् ।
उनले भनिन्, ‘शौचालय भएन भने कहाँ गएर शौच गर्ने रु यस्तो प्रश्न सबैलाई आउँछ, यसकारण यहाँ शौचालय निर्माणमा सरकारको ध्यान जानुुपर्छ । शौचालय बनाएपछि हल्का व्यवस्थित, हल्का शौचालय जान मिल्ने खालको नै हुनुपर्छ जस्तो लाग्छ मलाई । किनभने शौचालय गएपछि सबैलाई हाईजिनी त चाहिन्छ नै । खुल्ला ठाँउमा शौच भयो भने स्वास्थ्यमा समेत असर पर्छ ।’
राजधानिका सबै ठाउँमा शौचालय हुनुपर्ने विद्यार्थी जुलेस पोख्रेलको भनाइ छ । कैयौं पटक काठमाडौंमा घुम्दा शौच गर्न नपाएर दुःख पाएको उनको भनाइ छ । पोख्रेलले भने, ‘सार्वजनिक शौचालय भनेपछि ठाँउ ठाँउमा हुनुपर्छ ।
किनभने मान्छेहरुले बाटोमा शौच गरिरहेको देखेको छु, यसरी खुल्ला ठाउँमा गरिएको शौचले विभिन्न प्रकारको रोगहरु फैलिन सक्छ । त्यसैले शौचालय सबै ठाँउमा बनाउनुपर्छ ।’
उसो त विद्यार्थी पूजा अधिकारीको गुनासो पनि कम छैन । सार्वजनिक शौचालय नहुँदा टाढाटाढाबाट आएका मानिसले समेत दुःख पाएको उनको भनाइ छ । काठमाडौं घुम्न आउँने पर्यटकलाई समेत अप्ठेरो हुने गरेकाले सार्वजनिक शौचालय निर्माणमा सबैको ध्यान जानुपर्ने उनको जिकिर छ ।
अधिकारीले भनिन्, ‘पब्लिक ट्वाइलेट हुनुपर्छ, किनभने मान्छेहरु यात्रा गर्दा एकदम समस्या भईरहेको हुन्छ । अति च्यापीहाल्यो भने पनि कहाँ शौच गर्ने रु अहँ थाहा छैन । अनि मानिसहरु बाध्य भएर जथाभावी शौच गर्न खोज्छन् । खुल्ला ठाउँमा शौच गर्दा रोग फैलने सम्भावना बढी हुन्छ । पब्लिक ट्वाइलेट बनाउँन सरोकारवालाको पहिलो प्राथमिक्ता हुनु पर्छ ।’
यी विद्यार्थीले भने जस्तै सार्वजनिक शौचालय नहुँदा यो सहर कति कुरुप रहेछ भन्दा अतियुक्ति नहोला । तर यस्तै भएको छ । राजधानी काठमाडौंको केन्द्र यो कोटेश्वरको अवस्था यस्तै छ । हेर्नुहोस यो शौच गर्ने ठाँउ हो ।
यसको यो हविगतले पनि धेरै भन्नु पर्छ जस्तो लाग्दैन । कामविशेषले यहाँ आएका मानिसहरु हतारिँदै शौचका लागि घर फर्कनु पर्ने अवस्था आउने गरेको धेरैको गुनासो छ ।
घरबाट निस्किनुअघि सकेसम्म कम पानी पिउने कोसिस गर्ने गरेको सर्वसाधारण बताउँ छन् । यो अवस्था र भोगाइ मुलुककै संघीय राजधानी अर्थात् सबैभन्दा समृद्ध मानिएको सहरको अवस्था हो । यतिमात्र होइन नेपाल त खुला दिसामुक्त क्षेत्र घोषणा गरिदिएको पनि धेरै भएको छैन ।
वातावरण स्वच्छतामा सबैभन्दा निकट सरोकार राख्ने विषय दिसापिसाबको उचित व्यवस्थापनका लागि सार्वजनिक स्थानहरूमा पनि शौचालयको अनिवार्यतालाई सरोकारवालाहरूले मनन गर्नुपर्ने हो ।
तर यस्तो अवस्थाले सरोकारवालालाई पनि व्यङ्य प्रहार गरेको होला भन्ने लाग्छ । सन् २०१५ मा आइपुग्दा ८१ प्रतिशत नेपालीका घरमा शौचालय रहेको देखिएपछि हौसिएर सरकारले २०७६ असोज १३ गते सिंगो नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा ग¥यो ।
तर, यो हचुवाको घोषणाले गर्दा शतप्रतिशत नेपालीको घरमा अझै व्यवस्थित शौचालय छैन । त्यो कुरा भन्दम पनि यहाँ सार्वजनिक शौचालयको प्रबन्ध नगरीकनै मुलुकलाई खुला दिसामुक्त घोषणा गर्नुले के कुराको ज्ञान दियो रु त्यो त सरोकारवालालाई नै थाहा होला ।
सहरका अति व्यस्त स्थानहरूमा प्रशस्त सार्वजनिक शौचालयको व्यवस्था नहुनु र भएका शौचालयहरूको पनि नियमित सरसफाइ नहुनु, महिलामैत्री र अपांगमैत्री शौचालयहरूको निर्माणमा ध्यान नदिनु, शौचालयले स्वास्थ्यमा पार्ने प्रभावबारे जनचेतना जगाउन नसक्नुले गर्दा मुलुकको अवस्थाकै झल्को दिने गर्दछ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
सुर्खेत — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण विगत केही दिनदेखि फसेका ६ जना भारतीय पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार कार्य...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...