
काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा प्रहरीले काठमाडौंका दुई ल्याबका कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले कौशलटारस्थित नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रसन्न कुमार झा, कान्तिपुर अस्पतालको ल्याबमा काम गर्ने माधव मैनाली, धनुषाका रोशन कुमार छिट्टान र नागेन्द्र यादबलाई पक्राउ गरेको जानकारी दिएको हो ।
नक्कली पीसीआर रिपोट बनाउने नागरिक कम्युनिटी अस्पतालका ल्याब सञ्चालक भावेश मिश्र तथा कान्तिपुर अस्पतालका ल्याब सञ्चालक निर्मल गिरी फरार रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका एसपी कृष्ण कोइरालाले निज आरोपीहरुले बिदेश जाने मानिसहरुको स्वाब नै नलिई पिसिआर निगेटिभको रिपोर्ट तयार गरिदिने गरेको बताए ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
बर्दघाट — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित ‘यस मोड’ नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालक र...
१. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...