नर्भिक अस्पताललाई कानूनको पालना गर्न मेयर बालेनको आग्रह – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

नर्भिक अस्पताललाई कानूनको पालना गर्न मेयर बालेनको आग्रह

नयाँ विकल्प,

काठमाडौं – थापाथलीस्थित नर्भिक अस्पताललाई कानूनको पालना गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन्।​ अस्पतालले सरकारी जग्गामा अनुमति विना संरचना बनाएर हडपेको सन्दर्भमा मेयर शाहले यस्तो बताएका हुन्।

महानगरले सोमबार २४ घण्टाको म्याद दिएर जग्गा खाली गर्न सूचना जारी गरेको थियो। आज २४ घण्टा बितिसक्दा पनि अस्पतालले अटेर गरेपछि मेयर स्वयं उपस्थित भएर अस्पताल प्रशासनसँग कुरा गरेका थिए।

अस्पतालले त्यहाँ निर्माण गरिएका संरचना हटाउन र स्थानान्तरण गर्न केही थप समय लाग्ने र त्यतिन्जेल बिरामीका लागि अत्यावश्यक अक्सिजन प्लान्टसमेत त्यहीँ रहेको बताएपछि महानगरले थप ३५ दिन समय दिएको हो।

समय अवधि थपेपछि मेयर शाहले कानून सबैका लागि बराबर हुने र यसको पालना सबैले गर्नुपर्ने आग्रह गरेका छन्। यदि तोकिएको नयाँ अवधिमा पनि संरचना नहटाए कानून बमोजिम हटाइने धम्कीसमेत उनले दिएका छन्।

फेसबुकमार्फत आफ्नो धारणा राख्दै शाहले कानून सबैका लागि बराबर हो भन्ने कुरामा भएको बताएका छन् । सडकमा होस् वा महलमा होस्, कानूनको पालना बराबर किसिमले हुनुपर्ने समेत बताए।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७९ श्रावण २४, २०: ३०

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण २४, २०: ३०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ श्रावण २४, २०: ३०

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...