बजार अनुगमन तीब्र, म्याद नाघेको अखाद्य बस्तु नष्ट – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

बजार अनुगमन तीब्र, म्याद नाघेको अखाद्य बस्तु नष्ट

भक्तपुर। चाँगुनारायण नगरपालिकाले बजार अनुगमन तीब्र पारेको छ । नगरपालिकाले नगरकोट एरियामा रहेका मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको हो । उपभोक्ताको हित संरक्षणनार्थ सोमबार उक्त क्षेत्रको बजार अनुगमन गरेको हो । अनुगमनमा बलराम स्टोरमा चिनी प्रति के.जी १३५ मा विक्री गरेको खरिद बिल माग्दा देखाउन नसकेकोले अनुचित व्यवसाय जन्य क्रियाकलाप गरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय जरिवाना गरिएको छ ।

उक्त स्टोरलाई तत्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको बजार अनुगमन संयोजक रमेश बुढाथोकीले बताए । त्यस्तै नगरकोट स्टोर उपभोग्य बस्तुहरूको खरिद बिल उपलब्ध नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरिएको छ । उक्त स्टोरलाई ढक तराजु नवीकरण गर्न निर्देशन दिइएको छ ।

लामा कोल्ड स्टोर म्याद नाघेको भुजिया ७ पाकेट, फुर्डकेक दूध ९ पाकेट, मेरी बिस्कुट २ पाकेट जफत गरी नष्ट गरिएको अनुगमन गरिएको अधिकृत सुरज पौडेलले बताए । उक्त स्टोरलाई म्याद नाघेको सामानहरू छट्टै राख्न, मूल्य सूची राख्न र अन्त शुल्कको अनुमति लिएर मात्र मदिरा विक्री वितरण गर्न निर्देशन दिइएको छ ।

नियमित अनुगमन हुने र दसैँ तिहार चाडपर्व नजिक बढ्नसक्ने उपभोग्य बस्तुहरूको कालोबजारी र गुणस्तरहीन बस्तुहरू बिक्री वितरणलाई नियन्त्रण गरी उपभोक्ताको हितलाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिने चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले बताए ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० आश्विन २३, ०८: ३५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० आश्विन २३, ०८: ३५

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० आश्विन २३, ०८: ३५

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...