काठमाडौं । युएसआइडीको आर्थिक सहायतामा सञ्चालित सुआहारा बृहत बहुक्षेत्रीय पोषण कार्यक्रमले एक वर्षमा प्राप्त गरेको उपलब्धीलाई सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्याबमन्त्री मोहन बहादुर बस्नेतको उपस्थितीमा पोषण कार्यक्रमको एक दशक उपलब्धी सार्वजनिक गरेको हो ।
सन् २०११ देखि २०१६ सम्म सुआहारा पहिलो र सन् २०१६ देखि २०२३ सम्म सुआहारा दोस्रो गरि दुई चरणमा यो कार्यक्रम कार्यान्वयन भएको थियो । उक्त कार्यक्रमले नेपालका ७७ मध्ये ४२ जिल्लामा मातृ तथा शिशु पोषण अवस्थाको सुधार गर्ने लक्ष्यका साथ काम गरेको थियो ।
लक्ष्य प्राप्त गर्नका लागि सुआहाराले ३८९ स्थानीय सरकार तथा ३,३५३ वडा र समुदायहरुमा आवश्यकताको आधारमा पोषण, स्वास्थ्य तथा परिवार नियोजन,कृषि तथा बजारीकरण र पोषण सुशासनसम्बन्धी विभिन्न क्रियाकलापहरुको कार्यान्वयन गरेको थियो ।
६ महिनादेखी ८ महिनासम्ममा पुरक खानाको सुरुवात गराइएका बालबालिकाको अनुपात पनि कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुपमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुपमा १० अंकले बढी सुधार भएको सुआहाराले जनाएको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...