जनस्वास्थ्यमा खेलबाड नहोस्, तेस्रो लहरको प्रतीक्षा होइन, प्रतिकार्यका लागि सम्पूर्ण तयारी जरुरत छ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

जनस्वास्थ्यमा खेलबाड नहोस्, तेस्रो लहरको प्रतीक्षा होइन, प्रतिकार्यका लागि सम्पूर्ण तयारी जरुरत छ

महाधिवेशनमा शक्ति प्रदर्शन र बेलामा सम्पन्न गर्न नसक्ने राष्ट्रिय दलहरुको अव्यवस्थाले फेरि हराउन थालेको कोरोना भाइरस ब्युँझिएको छ । नेपालका करिब १२००० मानिसहरुलाई आफ्नो किल्लामा पारेर मारेको र करिब ११ लाख मानिसहरुलाई संक्रमणको घेरामा पार्न सफल भएको कोभिड—१९ को तेस्रो चरणको भयावह अवस्थाको पर्खाइमा हामी नेपाली छौँ ।

जब केही मानिसहरुलाई मात्र संक्रमण सुरु भएको थियो, त्योबेलामा वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षितले भन्नुभएको थियो—यदि बेलैमा सतर्क नहुने हो भने कोरोना भाइरसले १० लाख मानिसहरु संक्रमित हुनेछन् र १० हजारभन्दाको ज्यान जाने खतरा छ ।

करोडौँ मात्रा खोप भण्डारमा छ तर अझै व्यवस्थित तरिकाले खोपको सदुपयोग हुन सकेको छैन अनि तेस्रो लहरको पर्खाइमा हामी स्वागत गर्न पो लागेका जस्ता छौ किनभने चिकित्सकहरुले भेला कम गरौँ, कोरोनाको भाइरस बढ्न सक्छ भन्दा हाम्रा बेलैमा अधिवेशन गर्न नसक्ने दलहरु मच्चिएर जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र महाधिवेशन गरिरहेकै छन् ।

धन्यवाद डाक्टर दीक्षित जसले भविष्यवाणी गरेर सचेत गराउनु भएको थियो अमेरिकाको फाउचीले जस्तै, तर वास्ता नगर्दा र जनताको स्वास्थ्यलाई व्यापारसँग दाँजेर हेर्दा क्षति बेहोर्नु परेको हो । तर पनि सन् २०२० जनवरीको दाँजोमा अहिले धेरै भौतिक पूर्वाधार त तयार भएको छ, मानसिकतामा भने हाम्रो परिवर्तन हुन सकेको छैन ।

करोडौँ मात्रा खोप भण्डारमा छ तर अझै व्यवस्थित तरिकाले खोपको सदुपयोग हुन सकेको छैन अनि तेस्रो लहरको पर्खाइमा हामी स्वागत गर्न पो लागेका जस्ता छौ किनभने चिकित्सकहरुले भेला कम गरौँ, कोरोनाको भाइरस बढ्न सक्छ भन्दा हाम्रा बेलैमा अधिवेशन गर्न नसक्ने दलहरु मच्चिएर जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र महाधिवेशन गरिरहेकै छन् ।

बेलामा केही पनि नगर्ने अनि बेला भिड्किएपछि भने समयललाई समेत नटेरेर आफ्नो वर्चस्वको ढोँग पिट्नका लागि गाउँ गाउँबाट हजारौँ मानिसहरुलाई भेला गराउने गर्न थालेको अवस्था छ । कस्तो अवस्था छ भने, अस्पताल छन्, डाक्टर छैनन् । डाक्टर जहाँ छन्, आवश्यक परिचारिका छैनन्, कतै बेडको कमी छ, कतै अक्सिजनको कमी छ, कतै आइ सि यु बेड नै छैनन् कतै भेन्टिलेटरको व्यवस्था नै छैन र कतै खोपमाथि खोप अनि कतै खोपको मात्रा दिनै सकेको अवस्था छैन । असन्तुलित व्यवहार छ ।

कसले गरेको भन्यो भने पहिलेको सरकार या अहिलेको सरकारको कमी भनेर भनिन्छ तर जनता संक्रमित छन् र मरेका म¥यै छन् । साँच्चै भन्ने हो नमुना परीक्षणका लागि झन्झट देखिन्छ । जनताको आधारभूत आवश्यकता हो नि, पी सी आर र एन्टिजेन टेस्ट र सुगरको टेस्ट ।

अहिले एकातिर पी सी आर टेस्ट सबैतिर उपलब्ध पनि छैन र अनावश्यक पैसा लिएको पाइन्छ । त्यो त निःशुल्क नै गर्नुपर्छ र जताततै उपलब्ध गराइनु पर्छ । गलत काम गर्नेलाई दण्ड गर्नुपर्छ । तर भयावह अवस्था आउनु अघि नै सबै कुराको व्यवस्था गर्नु जरुरी छ ।

कसैलाई दोष दिनुभन्दा स्वास्थ्यको अत्यावश्यक तयारी बेलैमा गरिनु पर्छ । होल्डिङ बिल्डिङ, आइसोलेसनका लागि सुरक्षित र स्वस्थ ठाउँ, आवश्यक ओखतीको व्यवस्था र अस्पतालमा बिरामी गएपछि बिसेक भएर आउँछ भन्ने जनविश्वासको खाँचो छ ।

निजी अस्पतालहरुले ठगेको कुरा बाहिर आएको छ भने त्यसको निराकरण पनि बेलैमा गरिनु पर्छ । घरमा आगो लागेपछि कुवा खन्ने भनेजस्तै नहोस् । अहिलेको सरकारलाई बेवास्ता गरेको र व्यापारिककरण गरेको भन्ने आरोप आएको त छैन तर आवश्यक तयारी गर्नका लागि भने बेलैमा सतर्कता नअपनाएको हो चाहिँ भन्नैपर्छ किनभने लहर त आई नै सक्यो ।

सामान्यभन्दा सामान्य कुरामा पनि जनताको आडभरोसा भनेको सरकारसँग हुन्छ, जनप्रतिनिधिहरुसँग हुन्छ, सचेत नागरिकहरुसँग हुन्छ । कोरोना भाइरससँग अझ कति जुध्नुपर्ने हो, त्यसैले स्याल मार्न जाँदा बाघ मार्ने खजाना लिएर हिँड्नु भनेझैँ तयारी नेपालभरि नै एकै नासले गर्नुपर्छ, झन घना जनसंख्या भएका ठाउँमा समुदायमा तेस्रो लहर प्रवेश गर्ला कि भनेर सतर्कता अपनाउनु जरुरी छ ।

एकहप्ताको ग्राफ हेर्दा संक्रमितको संख्या बढेको बढ्यै छ । अस्पतालहरुमा सतर्कता देखिँदैन या बिरामीप्रति जिम्मा त निजी अस्पतालको मात्र हुने हो कि भन्ने बुझिन्छ । हामीले सार्वजनिक ठाउँहरुमा , सार्वजनिक भवनहरुमा भने पनि जनताको अवस्थालाई वास्ता गर्नका लागि व्यवस्था गरिनु पर्छ । जाडोको बेला छ । यसैपनि रुघा खोकी ज्वरो आउने मौसम हो ।

शंका लाग्ने बित्तिकै पीसीआर् टेस्ट गर्न पाउने मौलिक अधिकार हो, त्यसको व्यवस्था छिटो गरे अझ थाहा हुन्छ कति संक्रमित भएको छ भन्ने । दलहरुले खोपको मात्रा गाउँ र सहरको झुपडीमा पु¥याउन सरकारलाई मद्दत गर्नुपर्छ । विद्यालयहरु र कलेजहरुमा यदि यो संक्रमणले ठाउँ पायो भने अरु धेरै जन र धनको क्षति हुनेछ, अकल्पनीय क्षति हुनेछ जस्तो कि अहिले युरोपमा देखिएको छ, अमेरिकामा देखिएको छ र भारतमै पनि देखिएको छ ।

हाम्रो निको हुने दर ९८ प्रतिशतबाट घट्न थालेको छ र सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । माघको दोस्रो हप्तामा तेस्रो लहर आउने भनेर विज्ञहरुको चेतावनी छ । र अन्त्यमा, जनस्वास्थ्यको ख्याल गरौँ । यसलाई ख्यालख्याल नसम्झौँ ।

यदि जनतामा सरकारप्रति निरासा पैदा भयो भने अचानक जनता सडकमा आउँदा सरकार र दलहरुलाई सम्हालिन ढिलो हुनेछ । हाम्रो जस्तो वहुदलीय व्यवस्थामा जनताले दलहरुको भर गरेका हुन्छन् । सरकार कसले बनाउँछ र कसले कसको विरोध गरेको भन्ने कुरा जनतालाई गौण हो, उसले त मत दिएर पठाएकाहरु नै संसदमा छन्, पालिकाहरुमा छन् ।

सेवाको चाहन्छन् जस्तो बेलामा पनि । सामान्यभन्दा सामान्य कुरामा पनि जनताको आडभरोसा भनेको सरकारसँग हुन्छ, जनप्रतिनिधिहरुसँग हुन्छ, सचेत नागरिकहरुसँग हुन्छ । कोरोना भाइरससँग अझ कति जुध्नुपर्ने हो, त्यसैले स्याल मार्न जाँदा बाघ मार्ने खजाना लिएर हिँड्नु भनेझैँ तयारी नेपालभरि नै एकै नासले गर्नुपर्छ, झन घना जनसंख्या भएका ठाउँमा समुदायमा तेस्रो लहर प्रवेश गर्ला कि भनेर सतर्कता अपनाउनु जरुरी छ ।

जनतालाई अकालमा मर्ने बाध्यता नबनाऔँ । जनता बाँचे भने पो दलहरुका मतदाता होलान् । देशमा कलकारखाना चलाउन जनशक्ति बाँकी रहलान् । सबैभन्दा महत्वपूर्ण भनेको जनस्वास्थ्य हो, त्यसमा गम्भीर हुनका लागि आह्वान गर्दछौँ ।

सम्बन्धित समाचार

How Do Withdrawals and Verification Work at Gransino?
  • २०७८ पुष २६, १२: १४

Withdrawal requests at Gransino run through the cashier, and identity checks happen before money leaves the account. The operator holds...

Verificatie bij Golden Panda Casino: zo werkt het voor je eerste opname
  • २०७८ पुष २६, १२: १४

Golden Panda Casino geeft nieuwe spelers een welkomstbonus van 200% tot €5.000 plus 50 free spins, met een inzetvereiste van...

mafia casino : comment réconcilier un paiement bancaire bloqué au nom d’un bénéficiaire
  • २०७८ पुष २६, १२: १४

Un paiement bancaire retenu au nom d’un bénéficiaire demande une vérification méthodique avant toute nouvelle demande de retrait. Sur mafia...