यो जित मेरो मात्र नभएर यहाँका सम्पूर्ण नागरिकको जित हो : कर्णबहादुर मगर – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

यो जित मेरो मात्र नभएर यहाँका सम्पूर्ण नागरिकको जित हो : कर्णबहादुर मगर

नयाँ विकल्प,

काठमाडौं – सधैं जनताको काममा दत्तचित्त कर्णबहादुर मगर तीनपाटन गाउँपालिकाका प्रमुख हुन् । सिन्धुलीको दुर्गम ठाउँमा फिक्कलमा जन्मिएका उनी मिलनसार युवा नेता स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनको पठनपाठन स्थानीय सामुदायिक विद्यालय हुँदै सिन्धुली क्याम्पसबाट सम्पन्न भएको हो । नेविसंघबाट राजनीतिमा हात हालेका मगर तरुण दल हुँदै अहिले नेपाली कांग्रेसको क्षत्रीय सभापति र तीनपाटन गाउँपालिकाको दोस्रो कार्यकाल अध्यक्ष हुन् । उनै मगरसँग स्थानीय विकास सम्बन्धी समसायिक विषयमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
कर्णबहादुर मगर, अध्यक्ष तीनपाटन गाउँपालिका, क्षेत्रीय सभापति नेपाली कांग्रेस
तपाईं निर्वाचित गराउने नागरिकलाई के भन्नुहुन्छ, जसले दुई–दुईपटक विश्वास गरेका छन् ?
यो मेरो मात्र नभएर यहाँका सम्पूर्ण नागरिकको जित हो । त्यसपछि नेपाली कांग्रेस पार्टीको पनि हो जसले मलाई टिकट प्रतिनिधि बनाएको थियो । यसमा अझ महत्वपूर्ण भनेका यहाँका जनता नै हुन् । त्यसपछि पार्टीका अग्रज नेता, कार्यकर्ता र सुभचिन्तक हुनुहुन्छ । जसलाई मेरो लागि अहोरात्र खटेर चुनावी प्रचार–प्रसारमा लाग्नुभयो । त्यसको लागि यहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । कुनै पार्टीले प्रतिनिधि बनाउँदैमा उठाउँदैमा जनप्रतिनिधि भइहाल्ने होइन । उसलाई त्यहाँका जनताको भोट चाहिन्छ । त्यो मैले यस तीनपाटन गाउँपालिकाका जनताबाट पाएको छु । उहाँहरुले मलाई दुई÷दुई पटक पालिका अध्यक्षमा विजयी गराइसक्नुभएको छ । अब मैले उहाँहरुको भावना अनुसार काम गर्नुपर्छ । त्यसको लागि सधैं दत्तचित्त भएर लागिपर्ने छु । अघिल्लो कार्यकालमा पनि मैले पालिकाको काम गर्दै कहिल्यै पार्टीविशेष भेदभाव नगरी सर्वसम्मत ढंगले जनताको काम गरेँ । अब पनि यो पार्टी, ऊ पार्टी नभनी सम्पूर्ण पालिकावासीको हितमा काम गर्ने छु । म नेपाली कांग्रेस क्षेत्रीय सभापति भएपनि जनप्रतिनिधि भइसकेपछि पार्टीभन्दा एकदम माथि उठेर जनताको काम गर्नुपर्छ । अब मैले काम गर्दा यो पार्टी, ऊ पार्टी नभनी साझा रुपमा काम गर्नुपर्छ । त्यसको लागि प्रतिवद्ध छु ।
चुनावका बेला जनतालाई दिएको आश्वासन अनुसार सन्तुष्ट पार्नुभएको छ त ?
असन्तुष्टि, असन्तुष्टिका कुरा चाहीं उहाँहरुसँगै लिनुपर्ने हुन्छ । तर, मैले गाउँ, टोल, वडामा उपलब्ध शाधन, स्रोतको आधारमा आफैसमेत उपस्थित भएर परामर्श गरेर काम गर्ने गरेको छु । जहाँसम्म मलाई विश्वास छ, हिजो मैले चुनावका बेलामा बोलेका कुराहरु सकेसम्म पुरा गरेको जस्तनो लाग्छ । मैले गाउँ, टोल, वडाहरुमा गएर बुझ्दा मैले बोलेका कुराहरु धेरै पुरा भएको पाएको छु । तीनपाटन गाउँपालिका भूगोलको हिसाबले धेरै भू–भागहरु दूर्गम पनि छन् । ती विकटताले गर्दा कतै कमीकमजोरीहरु भएका होलान् । त्यतिहुँदाहुँदै पनि ती ठाउँका जनताहरु पनि धेरै हदसम्म मेरो कामबाट सन्तुष्ट हुनुहुन्छ ।
स्थानीय जनप्रतिनिधिलाई जनताको हितका काम गरेनन्, भ्रष्टाचारमा लिप्त भए भन्ने आरोप छ नि ?
स्थानीय जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भए भनेर मिडियामा आएका कुराले म पनि धेरै दुःखी छु । यति हुँदाहुँदै पनि मैले तीनपाटन गाउँपालिकामा कसरी भ्रष्टाचाररहित सुशासन कायम गर्छ सकिन्छ भनेर वडा अध्यक्षहरुसँग छलफल गरेर तपाईंहरु निष्पक्ष ढंगले काम गर्नुहोस् भनेको छु । जसरी तपाईंले जनप्रतिनिधिहरुले आफै ठेकेदार भएर अनियमितता गर्ने काम हुन्छ भन्नुभयो । तीनपाटन गाउँपालिकाका कुनै पनि वडाअध्यक्ष तथा जनप्रतिनिधिहरुले त्यस्तो काम गरेको मैले पाएको छुइन ।
तीनपाटन गाउँपालिकामा विकट क्षेत्र कुन कुन हुन् ?
दुर्गमको कुरा गर्दा सुगम चाहीं १, २, ५, १० र ११ नम्बरका केही भाग सुगम मानिन्छन् । तीबाहेक अन्य धेरै वडाहरु दूर्गम छन् । यो बाहेक सिन्धुली जिल्लाका सबै गाउँपालिकाले अन्य जिल्लालाई छोएको छ । तीनपाटन गाउँपालिका मात्रै हो आन्तरिक भूगोलमा समेटिएको । यति हुँदाहुँदै पनि तीनपाटन गाउँपालिकाको कुनै बाटो पिच भएको छैन । त्यसको लागि पनि प्रयास गरिरहेको छु । त्यसकारण मलाई समग्रमा राम्रै काम गरेको जस्तो लाग्छ । साधन, स्रोतअनुसार भौगोलिक बनावटको हिसाबले आफ्नो कामप्रति सन्तुष्ट छु ।
स्वास्थ्य र शिक्षाको अवस्था कस्तो छ ?
स्वास्थ्यको क्षेत्रमा कुरा गर्नुपर्दा हिजो दिनमा ८ गाविसहरु थिए । त्यसताका यहाँ दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ६ जटा स्वास्थ्य चौकीहरु थिए । अहिले त्यसलाई विस्तर गरेर नयाँ स्वास्थ्य चौकी स्थापना गरेको छु । विभिन्न वडाहरुमा भूगोलको हिसावले पनि स्वास्थ्य चौकीहरु विस्तार गरिएको छ । अहिले १७ वटा स्वास्थ्य संस्थाहरु भएका छन् । ती स्वास्थ्य संस्थाहरुबाट बृद्धबृद्धा र महिलाहरुले निःशुल्क उपचारहरु पाइरहनुभएको छ । औषधिहरु पनि पाउनुभएको छ । सुत्केरी आमाहरुले पाउनुपर्ने सुविधाहरु पनि पाइरहनुभएको छ । अहिले १५ बेडको अस्पताल बनाइसकिएको छ । शिक्षा क्षेत्रको कुरा गर्नुपर्दा सामुदायिक विद्यालयमा राज्यको लगानी अनुसार अभिभावको आकर्षण घटेको छ । विद्यार्थीको पनि विश्वास घट्दो अवस्थामा छ । त्यसलाई कसरी विश्वस्त बनाउने भनेर मैले धेरै विज्ञहरुसँग छलफल पनि गरेको छु । यसलाई एउटा स्थानीय तहले प्रयत्न गरेर मात्रै कन्ट्रोल गर्ने र लाइनमा ल्याउने अवस्था देखिएन ।
यस्तो हुनुमा राज्य र शिक्षक कसको दोष देख्नुहुन्छ ?
यसमा नेपाल सरकारको कानुन नै फितलो भयो । जसको कारण शिक्षण पेशामाथि राजनीतिक हस्तक्षेप भयो । हरेक शिक्षकहरु कुनै न कुनै पार्टीको कमिटिमा सक्रिय सदस्य छन् । पार्टीको सदस्य भएकाले पढाउन छाडेर पार्टीको काममा हिड्नुपर्ने अवस्था देखिन्छ । जस्तो सिन्धुली जिल्लाकै कुरा गर्ने हो झन्डै ४० प्रतिशत शिक्षकहरु कुनै न कुनै पार्टीको जिल्ला र क्षेत्रीय कमिटीमा रहेका छन् । अनि कसरी शिक्षा क्षेत्रमा सुधार आउँछ । यसरी राजनीतिक हस्तक्षप भएका कारणले सामुदायिक विद्यालयको पढाइ एकदमै खस्किँदो अवस्थामा छ । तीनपाटन गाउँपालिकामा ३ वटा क्याम्पससहित ८८ वटा शैक्षिक संस्थाहरु छन् । ३ वटा बोर्डिङ छन्, तर अभिभावकहरुको ती प्राइभेट संस्थामा आकर्षण र विश्वास बड्दो छ, तर सामुदायिक विद्यालयमा बढेन । अहिले तीनपाटन गाउँपालिकाको विकास निर्माणदेखि अन्य गरेर कूल बजेटको ४० प्रतिशतसामुदायिक शिक्षा क्षेत्रमा खर्च भएको छ । यति ठूलो मात्रामा खर्चेको बजेट सदुपयोग नभएकोमा नेपाल सरकारप्रति मेरो गुनासो छ ।
सरकारी शैक्षिक संस्थाप्रति जनआकर्षण बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
हामी जनप्रतिनिधि भनेको सरकारको नीतिनिर्देशन पालन गर्ने पालक मात्रै हौं । यसमा सुधार ल्याउन नेपाल सरकारले नीति नै बनाएर अगाडि बढ्नुपर्छ । साच्चिकै शिक्षा क्षेत्रमा सुधार ल्याउने हो भने कुनै पनि शिक्षकहरु राजनीतिमा लगेको हुनुहुँदैन । यदि पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट बन्चित गर्नुपर्छ । दोस्रो हरेक शिक्षकले आफ्ना नानी, बाबुहरुलाई आफूले पढाएको विद्यालयमा पढाउनुपर्छ । तेस्रो शिक्षक पेशाका साथीहरुलाई घरपायक कसैलाई राख्नुहुँदैन । अर्को शिक्षकहरुलाई दोस्रो व्यापार गर्न दिनुहुँदैन । यी कुरामा सुधार गरियो भने मात्रै सामुदायिक विद्यालयको स्तरोन्नति हुन्छ । यसो गर्न सकिएन भने सामुदायिक विद्यालय धरासायी भएर जान्छ ।
दलित, जनजातिहरुको लागि कस्तो प्यकेज कार्यक्रमहरु ल्याउनुभएको छ ?
हामीले दलितहरुको लागि पनि विभिन्न प्याकेज कार्यक्रमहरु ल्याएका छौं । त्यसमा सीपमुलक तालिमहरु छन् । दलित साथै अति गरीव तथा विपन्नको लागि पनि भिन्न कार्यक्रमहरु ल्याएका छौं । मैले जाति, जनजाति, दलित भन्दा पनि वर्गीय आधारमा कार्यक्रमहरु ल्याएका छौं । कोही बाबुन हुँदैनमा धनी भइहाल्ने र दलित, जनजाति हुँदैमा गरीव हुने भन्ने हुँदैन । कोही बाहुन पनि गरीव छन् कोही दलित, जनताजाति पनि धनि छन् । त्यसैले जातिगत भन्दा पनि वर्गीय उत्थानका कार्यक्रमहरु हामीले ल्याएका छौं । यी वर्गहरुलाई अनुदान दिने भन्दा काम दिने । जस्तो तरकारी खेती, पशुपालनहरुम आकर्षण गर्ने काम हामीले गरेका छौं । तीनपाटन गाउँपालिकामा दलित र जनजातिको बसोबास मात्रै ६० देखि ७० प्रतिशत हाराहारी छ । त्यसकारण उहाँहरुको संख्या पनि ठूलो भएकाले उहाँहरुलाई जीवनोपयोगी कार्यक्रम ल्याउनुपर्छ । त्यसको लागि विभिन्न सीपमुलक कार्यक्रमहरु ल्याएका छौं । महिलाहरुलाई पनि ठाउँविशेष विभिन्न सीपमुलक तालिमहरु दिएका छौं । हामीसँग उपलब्ध सीमित साधन, स्रोतबाट दलित, महिला, जनजाति, अल्पसंख्यकहरुलाई विभिन्न खाले सीपमुलक तालिम कार्यक्रमहरु ल्याएका छौं । म जाती भन्दा पनि वर्ग उत्थानलाई जोड दिने व्यक्ति हुँ । तर, जनजातिहरु अलिबढी चाडपर्व, रामरमाइलोमा बढी आकर्षित हुने भएकाले यसलाई छोट्याएर उत्पादनमुखी हुन सुझाएको छु ।
कृषि क्षेत्रको स्तरउन्नतिको लागि कस्तो कार्ययोजना ल्याउनुभएको छ ?
तीनपाटन गाउँपालिका कृषि क्षेत्रमा सम्भावना बोकेको ठाउँ हो । यहाँ सबैखाले हावा पानी पाइन्छ । सिंचाईंको लागि खोलानालाहरु बगिराखेका छन् । त्यसकारण मैले युवाहरुलाई विदेश जानबाट रोक्न अथवा विदेशबाट सीप आर्जन गरेर आएका साथीहरुलाई आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर हामीले कृषि क्षेत्रमा विभिन्न खाले प्याकेज कार्यक्रम ल्याएका छौं । त्यसमा तरकारी खेतीदेखि पशुपालन कार्यक्रमहरुसम्म पर्दछन् । ती कार्यक्रमहरु सम्पन्न गर्नको लागि गाउँपालिकाको स्रोतले मात्रै अनुदान दिन सक्दैनौं । त्यसको लागि कृषि विकास बैंकसँग पनि समन्वय गरेर सस्तो ब्याजदरमा लोन प्रवाह गर्ने योजनामा छौं । किसायन, साना व्यवसायीको सस्तो ब्याजदरमा जमानी धितो बसेर लोन प्रवाह गर्न लागिरहेका छौं ।
कृषि उत्पादनमा बजार प्रवद्र्धन छैन, बिचौलियाहरुले खेलेर लगानीसमेत उठ्दैन भन्ने गुनासो किसानहरुको छ नि ?
किसानहरुको यो गुनासोको सम्बन्धमा मलाई जानकारी थियो । कृषि उत्पादनमा बिचौलियाले खेलिदिने । एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन कर लाग्ने जस्तो समस्याहरु थिए । त्यसलाई सहज बनाउन कृषि उत्पादनलाई बजारसम्म पु¥याउँदा लाग्ने कर हटाइएको छ । बजारको कुरा गर्नुपर्दा यस गाउँपालिकाको माथिल्लो भेगमा हुने अम्रिसो, अदुवा, अलैंची, चिउरीलगायत विभिन्न किसिमका फलफूल तरकारी उत्पादन हुन्छ । त्यसलाई बजारीकरण गर्न विभिन्न व्यवसाय गर्ने साथीहरुसँग समन्वय गरेका छौं । किसानको लागनसमेत नउठ्ने गरी लागेका बिचौलियाहरुलाई न्युनिकरण गरिएको छ ।

सम्बन्धित समाचार

How well does 21 Casino work on a phone?
  • २०७९ असार २७, ११: २१

21 Casino asks for a minimum deposit of €10, and that figure matters more on a phone than it sounds:...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ असार २७, ११: २१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

Casinia : vitesse, stabilité et performance du site en France
  • २०७९ असार २७, ११: २१

La performance d’un casino en ligne dépend de plusieurs éléments : temps d’affichage, stabilité des pages, fluidité des jeux et...