महिला टी- २० क्रिकेटमा नेपालले बहराइनलाई हरायो – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

महिला टी- २० क्रिकेटमा नेपालले बहराइनलाई हरायो

काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ ।तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो ।

वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर  ।कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन् ।

बहराइनले सुरुवात सुस्त गरेपनि कप्तान दिपिकाको आक्रमक ब्याटिङमा ५ ओभरमा चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको थियो । उनी श्रीलंकाबाट खेलिसकेकी खेलाडी हुन् ।

यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले अंक बाँडे ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ बैशाख २७, २१: १४

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ बैशाख २७, २१: १४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८२ बैशाख २७, २१: १४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...