
काठमाडौं।मलेसियामा जारी एसीसी यू १६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको नेपालले उपाधि चुमेको छ ।शनिबार भएको फाइनल खेलमा नेपालले सिंगापूरलाई २ विकेटले हराउँदै उपाधि चुमेको हो ।
सिंगापूरले दिएको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गरेको हो । जोया थापाले नेपालका लागि अविजित २४ रन बनाए ।
यसअघि टस जितेर व्याटिंग रोजेको सिंगापूर ४०.५ ओभरमा अलआउट भएको थियो । उसले ११३ रन बनाएर आउट भएको हो ।सिंगापूरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए भने रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादव र सुशील बहादुर रावलले ३ ३ विकेट लिए । यसैगरी शुभम खनाल र कप्तान विपिनले समान १ १ विकेट लिए ।नेपाल प्रतियोगिताभर अपराजित भयो ।
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...
काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...