महिला युरोपियन च्याम्पियनसिप स्पेन क्वार्टरफाइनलमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

महिला युरोपियन च्याम्पियनसिप स्पेन क्वार्टरफाइनलमा

काठमाडौं।बेल्जियमविरुद्ध ६–२ को सहज जित निकाल्दै फिफा विश्वकप विजेतासमेत रहेको स्पेनले यूईएफए महिला युरो–२०२५ मा क्वार्टरफाइनल यात्रा तय गरेको छ ।सोमबार राति स्विट्जल्यान्डको स्टोकहर्न एरिनामा भएको खेलमा स्पेनलाई जित दिलाउन एलेक्सिया पुटेयसले दुई गोल गरिन् । एरेन पाराडेज, एस्थेर गोन्जालेज, मारिओना काल्डेन्टी र क्लाउडियो पेनाले समान एक–एक गोल थपिन् । बेल्जियमकी जस्टिन र हान्नाह युरलिंग्सले गोल गरे पनि टिमको हार टार्न सकिनन् ।
खेलमा स्पेनले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा बेल्जियमले एक गोल थप्दा स्पेनले चार गोल गरेको हो ।जितसँगै समूहको शीर्ष स्थानमा रहेर क्वार्टरफाइनल यात्रा तय गरेको स्पेनले समूह ‘बी’मा दुई खेलबाट ६ अंक जोडेको छ ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ असार २४, १२: ४७

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ असार २४, १२: ४७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८२ असार २४, १२: ४७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...