महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको हो ।

जस अनुसार समुह ए बाट नर्वे र स्वीजरल्याण्ड, समुह बी बाट स्पेन र इटाली, समुह सी बाटस्विडेन र जर्मनी तथा समुह डी बाट फ्रान्स र इङल्याण्ड क्वाटरफाइनलमा पुगेका छन् ।

त्यस्तै समुह ए मा रहेका फिनल्याण्ड र आइसल्याण्ड, समुह बी बाट बेल्जियम र पोर्चुगल, समुह सी बाट पोल्याण्ड र डेनमार्क तथा समुह डी बाट नेदरल्याण्डस र वेल्स युरोकपबाट बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा स्विडेन र इङल्याण्ड, नर्वे र इटाली, फ्रान्स र जर्मनी तथा स्पेन र स्वीजरल्याण्ड भिड्ने निश्चित भएको छ ।

क्वाटरफाइनलका खेलहरु बुधबारदेखि शुरु हुने छन् । स्वीजरल्याण्डमा जुलाई २ देखि शुरु भएको महिला युरो कप २७ जुलाई सम्म चल्ने छ । यस प्रतियोगितामा कुल १६ देशले भाग लिएका थिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ असार ३०, ०७: ५८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८२ असार ३०, ०७: ५८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८२ असार ३०, ०७: ५८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...