एन्फा महिला लिग छनोटमा आज दुई खेल हुदै – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

एन्फा महिला लिग छनोटमा आज दुई खेल हुदै

काठमाडौं ।  आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुन लागेको हो । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् । समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ । प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।आज पहिलो दिन एफसी रियल र छहारी युवा क्लब तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने एन्फाले जानकारी दिएको छ ।

यसैगरी समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

सहभागी मध्यबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने एन्फाले जनाएको छ।

सम्बन्धित समाचार

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८२ श्रावण २९, ०९: २३

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...

निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
  • २०८२ श्रावण २९, ०९: २३

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
  • २०८२ श्रावण २९, ०९: २३

काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको...