आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि

काठमाडौँ । नेपालमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगिता आजदेखि शुरु हुदै छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ ।

आज प्रतियोगिताको पहिलो दिन चार खेल हुदैछन् ।  जस अनुसार नेपालले थाइल्याण्डको सामना गर्दै छ भने यो खेल टियु क्रिकेट मैदानमा हुदैछ । त्यस्तै अपर मुलपानी क्रिकेट मैदानमा अमेरिका र बंगलादेश खेल्दैछन् । त्यस्तै आजै अर्को खेल जिम्बाबे र नेदरल्याण्डस टियु क्रिकेट मैदानमा खेल्दैछन् भने अपर मुलपानी क्रिकेट मैदानमा आयरल्याण्ड र पीएनजी खेल्ने तालिका रहेको छ ।  क्यानले दर्शकका लागि नि: शुल्क प्रवेश हुने जानकारी दिएको छ ।

समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमा हुनेछन् । तालिकाअनुसार नेपालले दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।

त्यस्तै, त्रिवि क्रिकेट मैदानको इतिहास हेर्दा पनि नेपाल र थाइल्यान्डबीच तीन खेल भएका छन् । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा थाइल्यान्ड क्रमशः चार विकेट, पाँच रन र सात विकेटले विजयी भयो । त्यसैले आज थाइल्यान्डलाई हराउन सके नेपालको यो ऐतिहासिक जित हुनेछ ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

सम्बन्धित समाचार

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८२ माघ ४, ०८: १०

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८२ माघ ४, ०८: १०

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...

लिग-२ मा नेपालको खराब प्रदर्शन
लिग-२ मा नेपालको खराब प्रदर्शन
  • २०८२ माघ ४, ०८: १०

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...