
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर Kushal Bhurtel ले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गर्दै उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्।
मलेसियाविरुद्धको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले ५४ बलमा १२६ रन बनाउने क्रममा चौका र छक्काको वर्षा गरेका थिए। उनको विस्फोटक इनिङ्सका कारण नेपालले विशाल स्कोरतर्फ मजबुत अग्रता बनाएको छ।
यो समाचार तयार पार्दासम्म नेपालले १८.३ ओभरमा ५ विकेट गुमाएर २६२ रन बनाएको छ।
यसअघि भुर्तेलले चीनविरुद्धको खेलमा पनि केवल ३५ बलमा शतक प्रहार गरेका थिए। लगातार दुई खेलमा शतक बनाउँदै उनले आफ्नो उत्कृष्ट फर्म र आक्रामक ब्याटिङ क्षमतालाई पुनः प्रमाणित गरेका छन्।
नेपालको ब्याटिङ लाइनअपमा भुर्तेलको यो प्रदर्शन एसियन गेम्स छनोट अभियानका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...