काठ
माडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज (सोमबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।
नेपाल सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालको जितमा लोकेश बमले सर्वाधिक ४४ रनको योगदान दिएका थिए। ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। ओमानका लागि समिर ओथामनले २ विकेट लिए।
यसअघि ब्याटिङ गरेको ओमानका कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए। जुबिर अली अकबरले २२ तथा अब्दुल्जाली खानले १६ रन जोडे पनि टोलीलाई ठूलो स्कोरतर्फ डोर्याउन सकेनन्।
उत्कृष्ट लयमा रहेको नेपाल आज हङकङलाई पराजित गर्दै उपाधिसहित एसियन गेम्समा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ।
काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको...
काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित...