पोखरा राइनोज ईपीएल क्रिकेटको फाइनलमा – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

पोखरा राइनोज ईपीएल क्रिकेटको फाइनलमा


नयाँ विकल्प,

काठमाडौं – पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई सात विकेटले हराउँदै पोखरा उपाधि नजिक पुगेको हो ।

आज त्रिवि क्रिकेट मैदानमा भैरहवाले दिएको एक सय २० रनको सामान्य लक्ष्य पोखराले मात्रै तीन विकेट गुमाएर आठ बल अगाडि नै भेटायो ।

पोखराले अब उपाधिका लागि चितवन टाइगर्ससँग खेल्नेछ । फाइनल खेल पर्सि शनिवार दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन २१, २२: ३०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ आश्विन २१, २२: ३०

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ आश्विन २१, २२: ३०

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...