ईपीएल क्रिकेटको उपाधि चितवनलाई – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

ईपीएल क्रिकेटको उपाधि चितवनलाई

नयाँ विकल्प,

काठमाडौं -चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा चितवन टाइगर्सले पहिलो पटक ईपीएलको उपाधि जितेको हो ।

पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन टाइगर्सले जित हात पारेको हो ।

कीर्तिपुर मैदानमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । चितवनका भीम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले । दीलिप नाथले १८ तथा राजेश पुलामीले १४ रन जोडे । किशोर महतोले ४ तथा नन्दन यादवले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए ।

त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे ।

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २र२ तथा सोमपाल कामी र सागर ढकालले १र१ विकेट लिए ।

उपाधिसँगै चितवनले ५० लाख तथा उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन २३, २०: ०५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ आश्विन २३, २०: ०५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ आश्विन २३, २०: ०५

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...