साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फिर्ता – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । माल्दिभ्समा आयोजना गरिएको साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । नेपाली खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजतथा अखिल नेपाल फुटबल संघ ९एन्फा० का पदाधिकारी लगायतले भव्य स्वागत गरेका थिए । विमानस्थलमा फुटबल समर्थकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा मन्त्री गहतराजले खेलकुद मन्त्रालय र सरकारको तर्फबाट गर्नुपर्ने सहयोगमा कसर बाँकी नराख्ने आश्वासन दिए ।
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३(० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने नेपाल भारतसँग पराजित भएको थियो । नेपालले बंगलादेशसँग खेलमा बराबरी खेलेको थियो ।

याे पनि पढ्नु हाेस्..

साफमा उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ कार्तिक १, ११: ४४

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ कार्तिक १, ११: ४४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ कार्तिक १, ११: ४४

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...